Logo

बाटो खन्न गएको स्काभेटर प्रहरीकै अगाडि किन जलाइयो ?



रङको पथरीशनिश्चरेमा बाटो खन्न गएको स्काभेटरमाथि स्थानीयले आगजनी गरेका छन् । पथरीशनिश्चरे–५ मा बाटो खोल्न गएको स्काभेटरमाथि स्थानीय पदमदेवी उप्रेती र बेनिशा चौलागाईले आगजनी र तोडफोड गरेका हुन् ।

पदमदेवी र बेनिशा सासू–बुहारी हुन् । नेपाल सरकारको नक्सामा रहेको बाटो उप्रेती परिवारले भोगचलन गर्दै आएका थिए । स्थानीय महाराजथान समितिले बाटो खोल्ने भएपछि विवाद उत्पन्न भएको थियो । हाल बाटो आवश्यक भएका कारण समितिले बाटो खोल्ने विषयमा बैठक पनि बसेको थियो ।

तर पटक–पटक वडा र नगरमा बसेको छलफल तथा बैठकमा उप्रेती परिवारले बाटो नछोड्ने अडान राखेका थिए । त्यसपछि नगरले वडाको रोहवरमा बाटो खोल्ने निर्णय गर्दै ४ वैशाखमा स्थानीय, जनप्रतिनिधि र प्रहरी प्रशासनकै रोहवरमा स्काभेटरले बाटो खोल्न सुरु गरेको थियो । शनिबार मध्याह्न १२ बजे बाटो खनिरहेको स्काभेटरमाथि सासू–बुहारीले आगजनी र तोडफोड गरेका थिए ।

अपराह्न ४ बजे प्रहरीले सासू–बुहारीलाई पक्राउ गरेको थियो । तर बेलुकी ८ बजे नै छलफल र सहमतिविना प्रहरीले सासू–बुहारीलाई छोडिदिएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले प्रहरीले कारवाही र क्षतिपूर्ति नतिराइ छोडेको स्थानीयको आरोप छ ।

स्काभेटर सञ्चाक सञ्जय शाहले बाटो खन्ने क्रममा आगजनी र तोडफोड हुँदा २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको बताए । प्रहरी प्रसासनकै अगाडि डोजरमाथि आगजनी र तोडफोड हुँदासम्म प्रहरीले जाहेरी नलिनु र कारवाही प्रक्रिया अगाडि नबढाउनुले प्रहरीबाट न्याय पाइन्छ भन्ने कुरामा शङ्का उब्जिएको उनको आरोप छ । यता, इलाका प्रहरी कार्यलयका पथरीका प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले आगजनी गर्न खोज्दा प्रहरीले जोगाएको बताए ।
आर्के समाचार

ठोस इँटा, टाइल गरिएको छाना र तस्वीरमा जस्तै डिजाइन भएको घर सपनाको पारिवारिक घर जस्तै देखिन्छ । तर यो कथाको आधा भाग मात्र हो। अष्ट्रेलियामा आफ्नै घरको लागि ७ लाख डलर तिरेका विष्णु अर्यालले आधा मात्रै घर पाएको बताएका छन् । अस्ट्रेलियाको च्यानल नाइनले एक रिपोर्टमा यसलाई एउटा परिवारको विपत्तिको कथा र घर बनाउने जोसुकैको लागि पनि चे ता वनी भनेको छ ।

अर्याललाई राम्रो अंग्रेजी आउँदैन किनकि अंग्रेजी उनको दोस्रो भाषा हो । परिवार बसाल्ने र नयाँ जीवन निर्माण गर्ने उद्देश्यका साथ उनी नेपालबाट अष्ट्रेलिया गएका थिए । अगाडि बढ्ने सोचले परदेशमा परिश्रम गरिरहेका अर्यालले अहिले अर्याललाई आफू आफ्नो जीवनयात्रामा १० कदम पछाडि ध के लिएको महसुस गरेका छन् ।

च्यानल नाइनको अ करेन्ट अफेयर कार्यक्रममा अर्यालले भने ‘यो स्वतन्त्र उभिएको घर होइन, डुब्लेक्स होइन यो आधा घर हो ।’ उनको घर खुला ठाउँमा बनाइएको छ ।
तर, घर आधा मात्र बनेको छ । घरको बार्यातर्फ डिजाइन छ तर दायाँतर्फ केही पनि छैन । दायाँतर्फ कुनै झ्यालसमेत नराखी भित्तो बनाइएको छ र दायाँतर्फ उनको घडेरीको आधा भाग त्यत्तिकै खाली छोडिएको छ ।

अर्यालले घर बनाउन एक कम्पनीलाई ठेक्का दिएका थिए । अर्यालका अनुसार उनले पूर्ण घर बनाउन ठेक्का दिएका थिए तर कम्पनीले बायाँतर्फ आधा घरमात्र बनाइदिएको छ र यो घर निकै कुरुप देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता