Logo

काठमाडौँबाट कुवेत जान खोजेका भारतीय नागरिकको साथमा नक्कली कोरोनाको रिपोर्ट फेरि परीक्षण गर्दो कोरोना भएपछि….



काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिकको पीसीआर रिपोर्ट नक्कली रहेको खुलेको छ । सोमबारको कुवेत हिँडेका भारतीय नागरिकको पीसीआर रिपोर्ट शं का स्पद देखिएपछि त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्य मन्त्रालयका कर्मचारीले गौशाला प्रहरीलाई खबर गरेका थिए ।

भारतीय नागरिक तसलीम अहमदलाई प्रहरीले पक्राउ गरेर पुनः परीक्षण गरायो । पुनः परीक्षण गराउँदा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको महानगरीय प्रहरी वृत गौशालाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको छ । टेकु अस्पतालमा चिकित्सक डा। हेमन्त ओझासहितका चिकित्सकको टिमले उनको स्वाब लिएर पीसीआर जाँच गरेका हुन् ।

कोभिड–१९ परिक्षणको नक्कली पीसीआर रिपोर्ट बनाउने ‘सुरिया हेल्थ केयर प्रा।लि’ सिनामंगलका सञ्चालकसहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्यावबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन ।
काठमाडौं ।

आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका लागि जाँदै हुनुहुन्छ भने तत्कालका लागि उक्त काम नगर्न विमानस्थल कार्यालयले आग्रह गरेको छ । कोरोना फैलिएको अहिलेको परिस्थितिमा विमानस्थल हाताभित्र बिदाइ कार्यक्रमलाई निरुत्साहित गरिएको कार्यालयले जनाएको हो ।

अत्यावश्यक अवस्थाबाहेक विमानस्थल प्रवेश नगर्न पनि कार्यालयले अनुरोध गरेको छ । कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित राख्न भन्दै विमानस्थलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरेको मापदण्ड पालन गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ ।

विमानस्थल आवतजावत गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, शरीरको तापक्रमको मापन गराएर टर्मिनल भवन प्रवेश गर्नुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा रहँदा भीडभाड नगरी साङ्केतिक पाइला पछ्याउनुपर्नेजस्ता मापदण्ड पालना गर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुले भने अनिवार्य प्रस्थान फारम भर्नुपर्ने र आन्तरिक हवाई यात्रुले आन्तरिक यात्रा फारम भरेर सम्बन्धित वायुसेवा कम्पनीलाई बुझाउनुपर्ने कार्यालयले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अर्को समाचार

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरण दिने भएको छ ।
मंगलबार बानेश्वरमा माधव नेपाल पक्षीय सांसदहरुको अनौपचारिक छलफलमा नेताहरुले व्यक्तिगत रुपमा स्पष्टिकरण सोधेकाले सवै नेताहरुले समयसीमा भित्रै स्पष्टीकरण बुझाउने निश्कर्ष निकालेका हुन् ।
छलफलपछि नेत्री रामकुमारी झाँक्रीले आफुहरु पार्टी विभाजनको पक्षमा नरहेको भन्दै स्पष्टिकरण दिने बताइन् । ‘हामी विभाजनका पक्षधर होइनौ । त्यसैले स्पष्टीकरण दिन्छौ’, झाँक्रीको भनाइ छ ।

उनले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा मनोमानी गरिरहेको भन्दै आफुहरु एमालेको विधान र पद्धति बसाउन संघर्ष गरिरहेको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता