Logo

कोरोनाले आतंक मच्चाई रहेका बेला काठमाडौंमा पक्राउ परे यस्ता डरलाग्दा ब्यक्ति



महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको सिनामंगलस्थित एक ल्याबमा छापा मार्‍यो। प्रहरीलाई सूचना थियो( ल्याबले बिनास्वाब कोरोना भाइरस संक्रमणको पिसिआर रिपोर्ट दिँदैछ।

नेपालबाट विदेशिएका मानिसहरूको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ देखिए पनि उता पुग्दा पोजेटिभ देखिन थालेको कुरा बाहिरिन थालेको थियो। यो कुरा आएपछि महाशाखाले अनुसन्धान अघि बढाएको महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए।

‘नेपालमा नेगेटिभ रिपोर्ट देखाएर विदेश गए। त्यहाँ पुगेपछि कसैकसैको रिपोर्ट पोजेटिभ देखियो। राष्ट्रकै बेइज्जत हुनेभयो। नेपालमा गरेको पिसिआरलाई मान्यता नदिने कुराहरू पनि सुनिन थाल्यो,’ रेग्मीले भने,’ हामीले पनि अरू विशेष सूचना पाइरहेका थियौं।’

त्यसरी नक्कली पिसिआर रिपोर्ट बनाएर दिन थालेको कुरा आएसँगै पछिल्लो केहीदिन यसमा केन्द्रित भएर सूक्ष्म तरिकाले प्रहरीले अनुसन्धान अघि बढायो।

काठमाण्डौको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रा।लिका संचालक डा।सि।पी।श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा।लिका सन्चालक प्रकाश रायमाझी भन्ने चित्र ब।रायमाझी लगायतका व्यक्तिले नक्कली रिपोर्ट बनाउने गरेका हुन् ।

नक्कली परीक्षण रिपोर्ट सहित ब्यवस्थापन प्रमुख डा।खेलानन्द प्रसाद सिंह सहित ८ जना ब्यक्तिहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरुबाट नक्कली रिपोर्ट समेत बरामद भएको छ । कतिपयमा पोजिटिभ देखिने भएपनि विदेश जान नेगेटिभ चाहिने भएकाले यसरी चर्को मुल्य लिएर परीक्षण नै नगरी निगेटिभ रिपोर्ट दिने गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरु स्

१।जिल्ला झापा गौरादह न।पा।वडा नं।७ घर भई हाल का।जि।का।म।न।पा।३२ पेप्सीगोला बस्ने बर्ष ४५ को प्रकाश रायमाझी भन्ने चित्र ब।रायमाझी ।

२।जिल्ला सप्तरी राजबिराज न।पा।वडा नं।१३ घर भई हाल ल।पु।ईमाडोल बस्ने बर्ष ३२ को प्रमोद कुमार यादव ।

३।जिल्ला महोत्तरी गौशाला न।पा।१ घर भई बस्ने बर्ष ५० को प्रदिप कुमार गिरी ।

४।जिल्ला महोत्तरी सोनाम गा।पा।वडा नं।६ घर भई हाल का।जि।सिनामंगल बस्ने बर्ष २५ को अमन कुमार यादव ।

५।जिल्ला मोरङ बिराटनगर म।न।पा।वडा न।पा।३ घर भई हाल का।जि।अनामनगर बस्ने बर्ष ३२ को वजेश पोख्रेल ।

६।जिल्ला महोतरी गौसाला न।पा।वडा नं। १ घर भई हाल का।जि।बानेश्वर बस्ने बर्ष २२ को बादल मिरिङ छिङ ।

७।जिल्ला दोलखा बैतेश्वरी न।पा।वडा न।५ घर भई हाल का।जि।चाबहिल बस्ने बर्ष २२ को सरोज क्षेत्री ।

८।जिल्ला सप्तरी मध्यपुरा गा।पा।वडा न।१ घर भई हाल ललितपुर धापाखेल बस्ने बर्ष ४४ को डा।खेलानन्द प्रसाद सिंह ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता