Logo

भर्खरै बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गर्यो स्कुल बन्द गर्ने र संसद अधिवेशन अन्त्य गर्ने निर्णय



 

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको हो ।

यसै गरि सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषदका एक सदस्यले भने, ‘आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यको निर्णय गरिएको छ ।’ जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको उनले बताए ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।

अर्को समाचार

लुम्बिनी प्र देशमा अविश्वासको प्रस्ताव दर्ता लगत्तै विपक्षी दलहरुले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभा सचेतक तुलाराम घर्ती मगरका अनुसार काँग्रेस र माओवादी केन्द्रका सांसदहरु विशेष महाधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिन पुगेका हुन् ।

१५ दिनभित्र अधिवेशन बोलाउन माग गर्दै निवेदन दिएको उनले बताए । अविश्वास प्रस्ताव दर्ता भएको एक महिनाभित्र संसदबाट सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता