Logo

कोरोना लुकाएर घर फर्किए, तर कोरोनाले देखाएर लियो ज्यान



रोजगारीमा भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए ।

आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोनाले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ निधन भएको खबर नागरिक दैनिकमा छापिएको छ ।

उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।

अर्को समाचार
आज र भोलि पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

भिटामिन ‘ए’ वितरण केन्द्रमा यसरी स्वास्थ्य सुरक्षा अपनाऔं

—वितरण केन्द्रमा भिडभाड नगर्ने ।

—कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने ।

—आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता