Logo

प्रधानमन्त्री ओलीलाई लाग्यो फेरी अर्को झट्का ! यस्तो निवेदन लिएर निर्वाचन आयोग पुग्यो माधव नेपाल समुह



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली माथि एक पछि अर्को प्र हा र हुँदै गएको छ । कर्णाली प्रदेशमा माओवादी केन्द्रको सरकार उल्ट्याउने प्रधानमन्त्री ओलीको प्रयास असफल भएको केही दिनमै फेरी प्रधानमन्त्री ओलीलाई अर्को झट्का लागेको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले सो पार्टीले चैत ७ गते गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक रहेको दावी सहित खारेज गर्न माग राख्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ।

नेपाल पक्षका नेताहरुले ८८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आइतवार निर्वाचन आयोगमा पुगेर उनले निवेदन दर्ता गराएका हुन् । उनले महाधिवेशन आयोजक कमिटीको गठन पार्टी विधानविपरित भएको दावी गरेका हुन् । फागुन २८ र चैत ७ गतेको बैठकबाट गरिएको भनिएको निर्णयहरु पार्टीको विधानविपरित रहेको नेपाल पक्षको दावी छ । सो समुहले ओलीलाई ति निर्णय खारेज गर्न माग राख्दै आएका छन् । ओलीले अब त्यो सम्भव नभएको जवाफ दिएपछि माधव नेपाल समुह निर्वाचन आयोगमै पुगेको हो ।

भुसाल, राजेन्द्र पाण्डे लगायतका नेपालपक्षीय नेताहरु आयोग पुगेर सो निवेदन दर्ता गराएका हुन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय सदस्यहरुलाई राखेर आफू अनुकूल हुनेगरी सो निर्णय गराएको उनीहरुको आरोप छ। नेता वेदुराम भुसालले अहिलेको विधानमा महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै नरहेकाले अवैधानिक भएको बताए।

सो निवेदनमा २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीका ८८ जना सदस्यको हस्ताक्षर रहेको उनले बताए। चैत ७ गते ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसका लागि २ सय ६५ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। तीमध्य माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता