Logo

विवाहको ७ फेरा लिनु अगाडि गर्नैपर्ने ८ परीक्षण, नत्र जिन्दगी नै बर्बाद होला !



विवाह प्रेम,विश्वास र समर्पणको अन्तिम बिन्दु हो । तर पछिल्लो समय विभिन्न कारणले वैवाहिक सम्बन्ध टुट्ने गरेका छन् । वैवाहिक जीवनलाई समस्यारहित बनाउन विवाह अगाडि निम्न परीक्षण गर्नु उत्तम हुने विज्ञहरु बताउछन् ।

१। एचआइभी परीक्षणः यदि युवा वा युवतीमध्ये कुनै एकजनामा मात्र एचआइभी रहेछ भने पनि सिंगो जिन्दगी व रवा द हुन्छ । अहिलेको जमानामा आँखा चिम्लेर विश्वास गर्नु मुर्खत मात्र हुन्छ । बरु विवाह गर्नु अगाडि दुवैजनाले एचआइभी परीक्षण गर्नु बुद्दिमानी मानिन्छ । यसले दुईजनाबीच अझ समझदारी बढाउछ ।

२। उमेरको परीक्षणः अनमेल विवाहका कारणले पनि धेरै जोडीहरु छुट्ने गरेका छन् । बढी उमेरका युवतीहरुमा अन्डाणु निर्माण हुने क्षमता कम हुँदै जान्छ । बढी उमेरमा बच्चा जन्माउदा अनेक समस्या आइपर्न सक्छ । त्यसैले उमेर ढल्केर विवाह गर्दै हुनुहुन्छ भने आफ्नो शारीरिक अवस्थाका बारेमा अवश्य परीक्षण गराउनुहोस् ।

३ प्रजनन क्षमताको परीक्षणः धेरै विवाहित जोडी सन्तान सुखका लागि त ड्पिने गरेको देख्न सकिन्छ । दुई जनामध्ये कुनै एकजनामा मात्र कमजोरी रहेछ भने पनि सन्तान नहुन सक्छ । यसमा महिला र पुरुष दुवैमा समस्या हुन सक्छ । त्यसैले अहिलेको प्रविधिको जमानामा विवाह गर्नु अघि नै सन्तान उत्पादनका लागि दुवै सक्षम छन् कि छैनन् भनेर परीक्षण गर्नु राम्रो हुन्छ ।

४ ओवरी परीक्षण ः यो परीक्षण महिलाहरुमा गरिन्छ । ताकि उनीहरुलाई आमा बन्दा कुनै समस्या आइपर्छ कि पर्दैन भन्ने थाहा होस् । धेरै युवतीहरु यस्तो परीक्षण गराउन डराउछन् । किनभने यस्तो समस्या भएको युवतीले विवाह नगर्नु नै वेश हुन्छ । तर अहिलेको मेडिकल युगमा असम्भव भन्ने केही छैन । तयसैले निर्धक्क ओवरी परीक्षण गराउनु उत्तम हुन्छ । केही समस्या रहेछ भने तुरुन्त उपचार गर्न सकिन्छ ।

५ वी र्य परीक्षण ःयस परीक्षणमा पुरुषको वी र्य परीक्षण गरिन्छ । ताकि उनीहरुमा सन्तान उत्पादन गुण छ कि छैन भन्ने थाहा पाइयोस् । कुनै समस्या रहेछ भने उपचार गराउन सकिन्छ ।

६। यौ न परीक्षणः कुनै रोगहरुको संक्रमण तुरुन्त फैलिनेखालको हुन्छ । शारीरिक सम्बन्ध राख्दा विभिन्न यौ न रोगको पनि फैलिन ख त रा रहन्छ । त्यसैले भविष्यमा कुनै जटिल समस्या आउन नदिन विवाह गर्न लागेका जोडीले यौ न रोगको परीक्षण गर्नुपर्छ ।

७। रगत परीक्षण ः रगत परीक्षण गर्नाले रगतमा कुनै खराबी छ कि छैन भन्ने थाहा हुन्छ । आमाबाबुमा रगतमा कुनै समस्या रहेछ भने त्यसको असर बच्चामा पनि पर्ने सम्भावना बढी हुन्छ । हीमोफीलिया र थैलेसीमिया यस्तो खतरनाक रोग हो कि यस्तो रोग लागेका बच्चा जन्मने वित्तिकै मृत्यु हुने सम्भावना अधिक हुन्छ । यस्तै रगतको परीक्षणले विवाहित जोडीले एक अर्काको रगत समूहदेखि रगतसँग सम्बन्धित धेरै कुरा थाहा पाउन सक्छन् । त्यसैले विवाह अगाडि दुवैजनाले रगत परीक्षण गराउनु पर्दछ ।

८।वंशाणुगत परीक्षण ः वंशाणुगत परीक्षणलाई परिवारको मैडिकल हिस्ट्री पनि भनिन्छ । यस्तो परीक्षणले तपाईलाई वंशाणुगत स्वास्थ्य समस्या छ कि छैन भन्ने पत्ता लाग्छ । कतिपय अवस्थामा बच्चाहरुमा वंशाणुगत समस्या देखिने खतरा रहन्छ । यसले तपाईको जीवनलाई मुस्किलमा पारिदिनसक्छ । त्यसैले विवाह अगाडि अनिवार्य वंशाणुगत परीक्षण गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता