Logo

रामबहादुर थापाको गृहमन्त्री पद गुम्यो, प्रधानमन्त्री ओलीले दिए यस्तो उपहार



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभाको सांसदबाट पदमुक्त भए पछि उनको गृहमन्त्री पद पनि गुमेको छ । उनलाई माओवादी केन्द्रले कारवाही स्वरुप सांसद पद खुस्काइदिएको थियो ।

उनको पद रिक्त भएको संघीय संसदको महासचिवव डा भरतराज गौतमले सूचनामार्फत जनाएका छन्। जसका कारण उनको मन्त्री पद समेत गुमेको हो । माओवादीका संसदीय दलका नेता दीनानाथ शर्माले लिखित पत्र पेश गरेको सूचना प्राप्त भएपछि उनको पद रिक्त भएको संघीय संसदले जनाएको छ।

थापा नेपाल कम्युनिष्ट पार्टी )माओवादी केन्द्र) को तर्फबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट ६ वर्षका लागि निर्वाचित भएका थिए।

माओवादी केन्द्रले थापाले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको थियो। माओवादीले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको थियो।

राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनर्नियुक्ति पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा

ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ। आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह)मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा९सदस्य पद खारेज भएको हो।

अर्को समाचार

कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएर सत्ता जोगाएपछि अब फेरी लुम्बिनी प्रदेशमा पनि नयाँ सरकार बनाउने प्रयास सुरु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कर्णाली पछि लुम्बिनी प्रदेशमा अब नयाँ सरकार गठन गर्ने बताएका थिए ।

एमाले सरकार टिकाउन अब केन्द्रमा जस्तै लुम्बिनीमा पनि जसपाको भर पर्नुपर्ने अवस्था छ । सरकार परिवर्तन गर्नेबारे पार्टीको धारणा तय गर्न र त्यसमा सबै सांसदलाई एकमत बनाउने प्रयासस्वरुप जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बस्न लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता