Logo

करणले कार्तिकलाई फिल्मबाट निकाले, इन्स्टाग्राममा गरे ‘अनफलो’



एजेन्सी । बलिउड निर्देशक करण जौहरको फिल्म ‘दोस्ताना २’ निर्माणको तयारी भइरहेको छ ।
एक रिपोर्टका अनुसार अभिनेता कार्तिक आर्यनलाई करणले उक्त फिल्मबाट निकालेका छन् । उनको सट्टामा अर्को अभिनेतालाई राखिएको छ । आफ्नो प्रोजेक्टबाट बाहिर निकालेपछि करणले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘अनफलो’ समेत गरेका छन् ।

रिपोर्टका अनुसार कार्तिकले उक्त फिल्मको २० दिनसम्म शुटिङ गरेका थिए । तर, कार्तिकलाई दोस्रो भागको कथाबस्तु मन परेको थिएन । उनलाई फिल्मको कथा मन नपरेको भन्दै करणले उनलाई हटाएको बताइएको छ ।

करण जौहरले धर्मा प्रोडक्सनको तर्फबाट ‘दोस्ताना २’ को री–कास्टिङलाई लिएर एक आधिकारिक बयान दिएका छन् । बयानका अनुसार ‘व्यवसायिक हिसाबले हामी कोलिन डि को निर्देशनमा बनिरहेको फिल्म दोस्ताना २ को री कास्टिङ गरिनेछ । औपचारिक सूचनाको प्रतिक्षा गर्नुहोस् ।’

अर्को समाचार

‘मेरी बास्सै’को चर्चित पात्र ‘इकु’ फेरि सानो पर्दा ९टेलिभिजनमा० फर्किएको छ । हास्यश्रृंखला ‘हल्का रमाइलो’ मार्फत ‘इकु’ फेरि सानो पर्दामा फर्किएको हो । ‘इकु’ लाई सानो पर्दामा फर्काउने काम श्रंखला निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले गरेका हुन् । श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र श्रृंखलामा समेटिएको निर्देशक श्रेष्ठले बताए ।

‘इकु’को भूमिका सुलेमान शंकरले नै निर्वाह गरेका छन् । यस अगाडि पनि यो भूमिकामा उनी नै देखिँदै आएका छन् । ‘मेरी मास्सै’ पछि उनले ‘इकु’ लाई चलचित्रमार्फत समेत प्रस्तुत गरेका थिए । सुलेमानले पुन ‘इकु’ को भूमिकामार्फत फेरि टेलिभिजनको पर्दामा देखिन पाउँदा निकै खुसी लागेको सुलेमानले बताए । ‘फेरि एक पटक ‘इकु’ टेलिभिजनको पर्दामा हेर्न पाए हुन्थ्यो भनेर देश विदेशका कार्यक्रममा जाँदा दर्शकले सँधै भन्नुहुन्थ्यो’ सुलेमानले भने, ‘दर्शकको चाहनाअनुसार अहिले फर्काइएको हो ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता