Logo

काठमाडौंमा भयो यस्तो घट्ना,जब भाउजू मा’रेर देवर प्रहरीकोमा यसरी पुगे



काठमाडौं । काठमाडौं महानगरपलिका–१० स्थित बुलबुले मार्गमा देवरले भाउजूको ज्या’न लिएका छन् । बानेश्वरस्थित मदन भण्डारी कलेज नजिकै पसल चलाउने मोहनराज भण्डारीले भाउजु रोशनीराज भण्डारीको ज्या’न लिएका हुन् । फलामको ग’लले हि’र्काएर ४८ वर्षीय मोहनराजले भाउजूको ज्या’न लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

साँझ ७ बजेर २० मिनेटमा भाउजूलाई हि’र्काएपछि उनी ट्याक्सी चढेर महानगरीय प्रहरी परिसर टेकुमा पुगेका थिए । भाउजू मा’रेर ‘आ’त्मसमर्पण गर्न’ आएको बताएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

देवरले हि’र्काएपछि ट्रमा सेन्टरमा उपचारका लागि लगिएकी ४८ वर्षीय रोशनीराज भण्डारीलाई चिकित्सकले साँझ ८ बजे मृ’त घोषणा गरेका छन् । आरोपी मोहनराजलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । प्रहरीले घट्नामा प्रयोग भएको र’ड बरामद गरेको छ ।

भाउजूले एक्कासि गा’ली गरेपछि ला’त्ती, मु’ड्की र ग’लले हि’र्काएर ज्या’न लिएको आरोपीले साविती बयान दिएका छन् । सभार रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता