Logo

बाँकेको कोहलपुरमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको भयो निधन



काठमाडौं । बाँकेको कोहलपुर नगरापालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिपर आपसमा ठक्कर खाँदा ५ जनाको भयो निधन भएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना।अ।क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना ग म्भिर घा इते भएका छन् । उनिहरुलाई उपचारका लागी कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।
बसमा ४७ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका १४ जनाको अवस्थामा मध्यम र बाँकी यात्रुको अवस्था सामान्य छ । अर्को समाचार छ ।

है नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा हुन लागेको भन्दै ललितपुरमा आयोजित एक कार्यक्रम छोट्याएर फर्किएका छन् ।

ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको बताए । उनी प्रधानमन्त्रीसँग भेट्नका लागि भन्दै छोटो समय बोलेर फर्किएका छन् ।

प्रचण्डले भने, ‘यहाँ आउँदा बाटोमै मलाई प्रधानमन्त्री केपी ओलीको फोन आयो । धेरै समयमपछि फोन आएको छ । तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु ।’

आफू प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता