Logo

प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किए



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले धेरै समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा हुन लागेको भन्दै ललितपुरमा आयोजित एक कार्यक्रम छोट्याएर फर्किएका छन् ।

ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको बताए । उनी प्रधानमन्त्रीसँग भेट्नका लागि भन्दै छोटो समय बोलेर फर्किएका छन् ।

प्रचण्डले भने, ‘यहाँ आउँदा बाटोमै मलाई प्रधानमन्त्री केपी ओलीको फोन आयो । धेरै समयमपछि फोन आएको छ । तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु ।’

आफू प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता