Logo

आफुलाई ग र्भ वती बनाए भन्दै आरोप लगाउने लक्ष्मी गदाललाई भेट्न पुगे किशोर खतिवडा (भिडियो सहित)



काठमाडौ । नायक किशोर खतिवडालाई आफ्नो श्रीमान दावी गरेकी महिला र किशोर आमने सामने भएका छन् । चलचित्र रावण मार्फत नेपाली रजतपटमा प्रवेश गरेका कलाकार किशोर खतिवडा माथि एक महिलाले श्रीमान दावी गर्दै अहिले धो का दिएको बताएकी छन् । उनले मिडियामा सो कुरा सार्वजनिक गरेपछि किशोर पनि सार्वजनिक भएका छन् ।

कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आश्वासन दिएर आफुलाई प्रयोग गरेर लाखौं रकम समेत लगेको आरोप लक्ष्मी गदालले लगाएकी छन् । तीन वर्ष सम्म श्रीमान श्रीमतीजस्तै बसेका उनीहरुबीच सम्बन्धमा समस्या आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदालले खतिवडालाई श्रीमान दावी गर्दै आफुलाई अन्याय गरेको आरोप लगाएकी हुन् ।

उनले यस्तो आरोप लर्गापछि खण्डन गर्न उनी पनि मिडियामा सार्वजनिक भएका हुन् । गदालका अनुसार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् । खतिवडाले आफैं बोलाएको र मोबाइल नम्बर मागेपछि दिएको उनले बताइन् । त्यस पछि उनले विभिन्न बहानामा पैसा माग्न लागे । उनले देशको एउटा चिनिएको कलाकार देलान् नि त भनेर आफुले दिइरहेको बताइन् ।

यतिका पैसा लिइसक्दा खतिवडा गदालसँग धेरै नजिकिई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि विवाहको प्रस्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न थालेको बताएकी छन् । तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र क्सी पसलमा बुझाएकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता चप्पल सबै आफुले नै किनिदिएको पनि दावी गरेकी छन् । लक्ष्मी पटक पटक गर्भवती भएको पनि बताइन् । तीन वर्षको अवधिमा दुई पटक ग र्भ प त न गराएको लक्ष्मीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता