Logo

त्रिभुवन विमानस्थलमा यस्ता मानिसलाई प्रवेश निधेष, हेर्नुहोस् सूचना



काठमाडौँ । कोरोनाको जोखिम बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अब अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । माक्स नलगाई विमानस्थलमा प्रवेश गर्न पाइने छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले मास्कविना विमानस्थल प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।

मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।


भारतमा कोरोनाको दोस्रो लहरको महामारी फैलिएसंगै नेपालको सिमानाका जिल्लाहरुमा पनि त्यसको प्रभाव देखिएको छ । भारतीय सिमासंग जोडिएको जिल्ला बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भेरी अस्पतालमा विरामीको भिड छ भने स्थानिय प्रशासनले विद्यालय वन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ ।

बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता