Logo

हुम्लामा ४६ वर्षीया महिलालाई एक युवक यस्तो गर्ने खोज्दा परे प्रहरीको फन्दामा



हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई करणी प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाईकरण
िगर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए ।

“पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो”, प्रहरी प्रमुख शर्माले भने, “उनीविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।”

स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए ।

आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिए । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए ।

सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा अमित विष्टले जानकारी दिए ।

यता पनि छ गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार बिहान प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भोलिपल्टै प्रस्तावित मुख्यमन्त्री नेपालीले प्रदेश प्रमुखसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार प्रदेशसभाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

बिहीबार काँग्रेससहितका विपक्षी तीन दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । बुधबार मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि गरेको सिफारिसलाई प्रदेश प्रमुख शेरचनले स्वीकृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता