Logo

कोरोना बढेपछि आजदेखि दिल्लीमा भयो कर्फ्यू



एजेन्सी । कोरोना बढेपछि भारतको नयाँ दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विकेन्ड कर्फ्यू लगाउने घोषणा गरेका हुन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको सङ्ख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री केजरीवालले यो निर्णय गरेका हुन् ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ । हरेक म्युनिसफल जोनमा हरेक दिन एउटा साप्ताहिक बजार खोज्ने अनुमति दिइएको छ ।

बुधबार दिल्लीमा १७ हजार २८२ संक्रमित फेला परेका थिए भने १०४ जनाको मृत्यु भएको छ । त्यस्तै यहि अवधिमा ९ हजार ९५२ जना निको भएका छन् ।अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार सङ्क्रमित बनेका छन् । यसमध्ये ७ लाख ५ हजार निको भएका छन् भने ११ हजार ५४० जनाको मृत्यु भएको छ ।
यता पनि

नेपाल प्रजापरिषद् काण्ड र जुद्धशमशेरकी नातिनी, हरिशमशेरकी छोरी इन्द्रराज्यलक्ष्मीको विवाह सम्पन्न भएदेखि नै राजा त्रिभुवन र युवराज महेन्द्रबीचको सम्बन्धमा विग्रहको प्रवेश भएको हो । नेपाल प्रजापरिषद्को प्रारम्भिक जानकारी राणा सरकारलाई दिनमा महेन्द्र र इन्द्रराज्यलक्ष्मीको क्रियाकलाप पहिलो स्रोतका रुपमा हुन गएको त्रिभुवनलाई लागेको थियो । त्यस बेलादेखि नै राजा त्रिभुवन युवराज महेन्द्रको नियत र निष्ठाप्रति आश्वस्त हुन नसकेका प्रमाणहरु भेटिन्छन् ।

कतिसम्म भने २००७ सालमा माइला राजकुमार हिमालय र कान्छा राजकुमार वसुन्धरा तथा उनीहरुका पत्नीहरुलाई राणाशाहीको विरोधमा राजदरबार परित्याग गर्ने सल्लाह र सूचना बेलामै दिए, तर जेठा छोरा महेन्द्रलाई दिएनन् । महेन्द्रले दरबार छाड्ने दिनको बिहान मात्र खबर पाए । सपरिवार भारतीय दूतावास जान निस्केपछि मात्र त्रिभुवनले उनलाई बोलाउन पठाए ।

राणा सरकारको विरुद्ध दरबार त्याग गर्ने बिहान मात्र त्रिभुवनले युवराज महेन्द्रलाई भनेका थिए, ‘लौ जेठा हामी त जान लाग्यौँ । अब हामीलाई धपाएर तिमी राज गर ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता