Logo

भारतमा कोरोनाले गर्दा कक्षा १० को परीक्षा विद्यार्थीले दिन पाएनन, फेरि भयो १२ को परीक्षा स्थगित



एजेन्सी, । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोनाको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भेटेपछि परीक्षा रद्दको निर्णय भएको हो । अब कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका आधारमा सार्वजनिक गरिने उल्लेख छ ।

कक्षा १२ को परीक्षा भने स्थगित गरिएको छ । यसका लागि अर्को सूचना जारी गर्ने तयारी भएको छ । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० र १२ को परीक्षा ४ मेमा तय भएको थियो ।

अर्को समाचार

काठमाडौँ — कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् ।

बिहीबार संसद् सचिवालयमा पत्रकारहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले एमसीसी प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्देशन आएको बताएका हुन् । मन्त्री श्रेष्ठले भने,एमसीसी अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देश भएको छ, म सभामुखसँग कुरा गर्छु । एमसीसी अगाडि बढाउँछौं ।

संसद्को कार्यव्यवस्था परामर्श समितिका पदेन सदस्यसमेत रहेका मन्त्री श्रेष्ठले संसद्को आगामी बैठकमा एमसीसी प्रक्रियालाई अगाडि बढाउने गरी कार्यसूची बनाउने विषयमा आफूले सभामुखसँग कुरा गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रम र बुधबार नयाँ वर्षका अवसरमा गरेको सम्बोधनमा एमसीसी सम्झौतालाई अगाडि बढाउन आवश्यक रहेको बताएका थिए ।

यसअघि प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले एमसीसीलाई संसद्को बहसको विषय बनाउनुपर्ने माग गरेका थिए ।

एमाले सांसद खगराज अधिकारीले एमसीसी संसद्को बिजनेस बनाइयोस् भनेर सभामुख अग्निप्रसाद सापकोटासमक्ष माग राखे । ‘दुई–चार वर्ष भयो, एमसीसी कांग्रेस र माओवादीको सरकार हुँदा सम्झौता गरियो । आज त्यो थान्को लागेको छ,’ उनले भने, ‘संसद्मा तीन–चार कति वर्षसम्म लड्काउने हो सभामुख महोदय रु’ एमसीसी सम्झौतालाई सत्तामा रहेकाले ‘राष्ट्रिय हितअनुकूल बनाउने’ भन्ने गरेको र सत्ताबाहिर रहेकाले ‘सत्ताका निम्ति यसलाई जुवाको खालमा राखेझैं’ गर्ने अधिकारीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता