Logo

सुन्दै अचम्म लाग्ने एउटा त्यस्तो मेला, जहाँ अर्काकी श्रीमती खोस्न पाइन्छ



संसारमा विविध भाषा र संस्कृतिका मानिस छन् र उनीहरुका आफ्नै परम्पराहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जसअन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र, समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्छन् ।

पश्चिमी अफ्रिकाको बोदाब्बे जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् । यो परम्परा उनीहरुको पहिचानसँग जोडिएको छ ।

परम्पराअनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छाअनुसार हुन्छ । तर, दोस्रो विवाहका लागि पहिले उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।

यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा हैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् । अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् । त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।

अर्को समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ अनलाइन एप्स औपचारिक शुभारम्भ भएको छ ।

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

उक्त सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्याङ्क एप्स मार्फत नै जानकारी पाउन सकिने र सेवाग्राहीले घरमै बसेर पनि आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत गर्ने सकिने जनाइएको छ ।

यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने र सो तथ्याङ्क राष्ट्रिय सर्वरमा जोडि देशैभरका जग्गा सम्बन्धी तथ्याङ्क उपलब्ध गराइने सरकारले जनाएको छ ।

पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा सो सेवा उपलब्ध गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता