Logo

यिनै हुन् हिजो गुल्मीमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने गुल्मीका राष्ट्रसेवक कर्मचारीहरु, जो सधैका लागि अस्ताए !



प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा परेको छ। गुल्मीको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार उक्त गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वार्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा घाइते भएका चार जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

बुधवार स्वर्गद्वारी नगरपालिका ३ रुमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा यात्रुवाहक लु१ज १६५५ नम्बरको जिप सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

बुधबार बिहान स्वर्गद्वारी नगरपालिकास्थित मन्दिरभन्दा ५०० मिटर तलको सडकमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

लु १ ज १६५५ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको हो। उनका अनुसार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। ‘दुई जनाको ‘स्पटडेथ’ भएको छ, भने एक जनाको भने उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा मृत्यु भएको हो।

त्यस्तै, अन्दाजी १२ जना घाइते समेत भएको उनले बताए। सो जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी रहेको उनले जानकारी दिए।

यद्यपी कति जना कर्मचारी सवार थिए भन्ने अहिले खुलिसकेको छैन। जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा गुल्मीका प्रशासकीय अधिकृत र चालकको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता