Logo

नयाँ वर्षमा प्रचण्डको शुभकामना : प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न नयाँ सरकार गठन अपरिहार्य (शुभकामना सन्देशसहित)



काठमाडौं, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी षडयन्त्र चकनाचुर पार्न, देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको बताएका छन् ।

आज (बुधबार)नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरेको पनि दाबी गरेका छन् ।

उनले भनेका छन्,प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता