Logo

खुला सीमाबाट प्रवेश गर्दै हुनुहुन्छ भने हुुदै छ यस्तो निगरानी बोक्नुु होस् यी प्रमाणपत्र: प्रधानमन्त्री ओली



काठमाडौं, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सिमानामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन्। राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘‘खुला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्नेरु परिचयपत्र बोकेर किन हिँड्न सक्दैन मानिस ?

हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मानिस के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘म्यान्मारका रोहिङ्ग्या शरणार्थी कसरी आउँछन् यहाँरु हाम्रो सीमा भारतसँग पो खुला हो म्यान्मारसँग हो ररु विगतमा भुटानसँग थियो र? ’’

राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा खतराबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरू नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने उनको भनाई रहेको आजको गोरखापत्र दैनिकबाट

अर्को समाचार
बाटोमा हिँडिरहेको बेलासमेत मोबाइल हेरिरहने मानिसहरुले केवल आफूलाई मात्र दुर्घटनाको जोखिममा पार्दैनन्, अरुका लागि पनि खतराको कारक बन्छन् ।

सायद हिँडिरहेको बेला पनि स्मार्टफोनको स्क्रिनमा आँखा गाड्ने मानिसहरुको जोखिमयुक्त आनिबानीका कारण दिक्क भएर होला जापानको एउटा सहरले यसविरुद्धको नियम लागू गर्यो ।

अहिले केही मानिसहरुका लागि स्मोम्बिज शब्द प्रयोग गरिन्छ । स्मार्टफोन र जोम्बीको सम्मिश्रणबाट यो शब्द बनाइएको हो । वास्तवमा ती मानिसहरु स्मार्टफोनका यस्ता भूतहरु हुन् जो बाहिर हिँडिरहेको बेला समेत आफ्नो स्मार्टफोनमा डुुब्छन् र बाहिरी वातावरणको बारेमा कुनै पत्तो हुँदैन ।

यस्ता लापरबाह मोबाइल अम्मली बटुवाहरुका कारण कहिलेकाहीँ सडक पार गर्ने क्रममा खतरनाक दुर्घटनासमेत हुने जोखिम हुन्छ । यहीँ जोखिमलाई मध्यनजर गर्दै जापानको यामातो सहरले सडक तथा पेटीमा हिँडिरहेको बेला बटुवाहरुलाई मोबाइल चलाउन प्रतिबन्ध लगाउने नयाँ कानुन वनायो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता