Logo

पार्टीको ३० लाख रुपैया व्यक्तिको खातामा सारेपछि भीम रावलसहित तीनजना विरुद्ध मु द्दा



धनगढी । नेकपा एमालेमा पार्टीमा भएको ३० लाख रुपैया ब्यक्तिको खातामा गएको विषयमा फेरी चर्किएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समयमा सुदूरपश्चिम प्रदेश कमिटीको खातामा रहेको ३० लाख रुपैया ब्यक्तिको नाममा सारीएको थियो । सो विषयमा नेकपा एमाले नेता भिम रावलले स्पष्टिकरण पनि दिएका छन् । पार्टीको रकम दुरुपयोग नहोस् भनेर आफुले सुरक्षा गरेको उनले स्पष्टिकरणमा भनेका छन् ।

त्यसरी पार्टीको रकम व्यक्तिको खातामा रकमान्तर गरेको देखिए पछि एमाले नेता भिम रावल सहित ३ नेता कारवाहीमा पर्ने भएका छन् । उनीहरु विरुद्ध अदालतमा मु द्दा पर्ने भएको छ । प्रदेश पार्टी कार्यालयका सचिव दिनेश चन्द्र सुबेदीको खातामा ३० लाख रुपैया स्थानान्तरण भएको देखिएपछि विवाद बढेको हो सर्वोच्च अदालतले नेकपा एकता भंग गरेपछि एमालेका नेताले तत्काल सो रकम ब्यक्तिगत खातामा स्थानान्तरण गरेका हुन् । त्यो पैसामा माओवादी केन्द्रले पनि आफ्नो दावी गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त पैसा भएकाले उसले पनि सो पैसामा दावी गरेको हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेको बेला नेकपामा विवाद बढेपछि पार्टी अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । उक्त रकम सुबेदीको खातामा फेला परेपछि मु द्दा अगाडी बढ्ने भएको हो । एमाले नेता भिम रावलले निर्देशनमा यो काम भएका कारण उनी पनि यो मु द्दा मा परेका हुन् ।

एमालेले भिम रावल सहित एमाले माधव नेपाल पक्षका ४ नेतालाई स्पष्टिकरण सोध्दा यो कुरा पनि सोधिएको थियो । साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा,सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था भएकाले दुई जनाले रकम स्थानान्तरण गरेका हुन् । चौधरी र सुवेदी मिलेर सो रकम निकालेका थिए । नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुबेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको थापाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता