Logo

सरकारले ल्याउँदै नयाँ नियम, बाटोमा हिँड्दा मोबाइल चलाउन नपाइने



बाटोमा हिँडिरहेको बेलासमेत मोबाइल हेरिरहने मानिसहरुले केवल आफूलाई मात्र दुर्घटनाको जोखिममा पार्दैनन्, अरुका लागि पनि खतराको कारक बन्छन् ।

सायद हिँडिरहेको बेला पनि स्मार्टफोनको स्क्रिनमा आँखा गाड्ने मानिसहरुको जोखिमयुक्त आनिबानीका कारण दिक्क भएर होला जापानको एउटा सहरले यसविरुद्धको नियम लागू गर्यो ।

अहिले केही मानिसहरुका लागि स्मोम्बिज शब्द प्रयोग गरिन्छ । स्मार्टफोन र जोम्बीको सम्मिश्रणबाट यो शब्द बनाइएको हो । वास्तवमा ती मानिसहरु स्मार्टफोनका यस्ता भूतहरु हुन् जो बाहिर हिँडिरहेको बेला समेत आफ्नो स्मार्टफोनमा डुुब्छन् र बाहिरी वातावरणको बारेमा कुनै पत्तो हुँदैन ।

यस्ता लापरबाह मोबाइल अम्मली बटुवाहरुका कारण कहिलेकाहीँ सडक पार गर्ने क्रममा खतरनाक दुर्घटनासमेत हुने जोखिम हुन्छ । यहीँ जोखिमलाई मध्यनजर गर्दै जापानको यामातो सहरले सडक तथा पेटीमा हिँडिरहेको बेला बटुवाहरुलाई मोबाइल चलाउन प्रतिबन्ध लगाउने नयाँ कानुन वनायो ।

राजधानी टोकिया नजिकैको उक्त सहरमा स्मार्टफोन प्रयोगकर्ताको तीव्र वृद्धिसँगै सडक दुर्घटनामा समेत वृद्धि भएका कारण सडकमा मोबाइल फोनको प्रयोगमा बन्देज लगाउन थालिएको हो । बटुवालाई मोबाइल फोन प्रयोगमा बन्देज लगाउने उक्त सहर जापानकै पहिलो सहर बन्नेछ।

नियम उल्लंघन गर्नेलाई सजाय गर्ने प्रावधान नयाँ नियममा हुनेछ भने मानिसहरुलाई टेक्स्ट मेसेज तथा पोस्टरका माध्यमबाट नयाँ नियमका बारेमा जानकारी गराइने नगर प्रशासनले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता