Logo

कुखुराको मासु अहिले सम्मकै महंगो आजको मूल्य कति



काठमाडौ । कुखुराको मासु अहिले सम्मकै महंगो भएको छ । काठमाडौं उपत्यकामा कुखुराको मासुको मुल्य किन्नै नसकिने गरी हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए ।

संघले बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको अध्यक्ष बिसीले बताए । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताए । संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबैभन्दा धेरै हो’,अध्यक्ष बिसीले भने । यसअघि कुखुराको मासुको मूल्य संघले ४०० रुपैयाँसम्म तोकेको संघले जनाएको छ ।

देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कारणले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता