Logo

अरबी युवतीले चलाएको गाडीले एक्कासी ठक्कर दिँदा दुबईमा घाइते भएका ३८ वर्षका गोबिन्द जिवितै



काठमाडौ । वैदेशिक रोजगारीमा गएका आफन्तको दुर्घटनामा मृत्यु भएको खबर सुनेर बाँके कोहलपुर ११ का गोविन्दको परिवारमा ठूलो बज्रपात पर्यो ।

दुवईमा रहेका ३८ वर्षका गोबिन्दप्रसाद शर्मालाई अरबी युवतीले चलाएको गाडीले ठक्कर दिएर मृत्यु भएको खबर शुक्रवार आएपछि उनको परिवार शोकमा थियो । दुर्घटना स्थलवाटै एक जना बंगाली ट्याक्सी चालकले परिवारका सदस्यलाई नेपालमा फोन गरेर गोबिन्दको मृत्यु भएको जानकारी दिएका थिए ।

दुवईमा आफन्त कोही नभएका कारण गोबिन्दलाई कहाँ र कसले लग्यो भन्ने समेत जानकारी नहुँदा परिवार निकै ठूलो चिन्तामा थियो । तर आइतवार आएको एउटा सुखद् खबरले भने परिवारमा केही खुसी छाएको छ ।

मृत्यु भएको भनिएका गोबिन्द घाइेत अवस्थामा उपचारार्थ अस्पतालमा रहेको जानकारी आएपछि परिवारमा खुसी छाएको छ । तर कसैले दिएको गलत र आधा सूचनाका कारण गोबिन्दको परिवारले २ दिन सम्म निकै त नाव मा बिताउनु परेको छ ।

दुवईको अस्पतालमा गोबिन्दलाई भेट्न गएका हर्क चन्द ठकुरीले घटनाको वास्तविकता खुलाएर सामाजिक सञ्जालमा फेसवुकमा स्टटास लेखेपछि गोबिन्दको अवस्थाको बारेमा वास्तविक जानकारी अथाहा पाएको हो । उनले नेपालवाट गोबिन्दको आफन्तले उनको मृत्यु भएको र अस्पतालमा शव छ बुझ्न जानु भनेर खबर आएपछि आफु भेट्न जाँदा गोबिन्दलाई जिवितै फेला पारेको बताएका छन् ।

उनले फेसवुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै मृत्यु भएको लास हस्पिटल राखिएको छ भनेर नेपाल देखि खबर सुनेर हामि हस्पिटल लास भेट्न जादा जिवित मान्छेलाई भेटेर आएको जानकारी गर्द्छु ।

जन्म घर सुर्खेत गुमि हाल बाँके कोहलपुर निवासी हाल युएई को रस अल खैमाह को खरान मा बस्दै आएका बर्ष ३८का गोबिन्द प्रसाद शर्मा हिजो शुक्रबार को बेलुकाको ६।३० बजे आफु बस्ने अगाडी खरान को रोड क्रस गर्ने क्रममा अरेबि केटिको गाडी देखि दुर्घटना भएर घाइते हुनु भएको रहिछ । घटनास्थल मा घाइतेको आफन्त र नेपानी कोहि नभएको ले पुलिसलाई जानकारी प्राप्त भएको ले पुलिस घटना स्थल पुगेर घाइते लाइ साकार हस्पिटल लगेर आईसियु मा भर्ना गरेको रहेछ ।

घटनास्थलको नजिक हुने बङाली ट्याक्सि ड्राइभरले नेपाल घाईतेको आफन्तलाई फोन गरि गोबिन्द प्रसाद शर्मा रोड एक्सिडेन्ट् परेर मृत्यु भैसकेको र लास सेफ हस्पिटल लगेको खबर पुर्‍याएको हालखबर बुझिदिनु भनेर मलाई फोन आयो । नेपालवाट आफन्त पर्ने दैलेख बजार निवासी दैलेख नेशनल इन्स्योरेन्स कम्पनी का एकाउन्टेन् मणि कुमार रिमाल दाजु ले मलाई बिहानै खबर गर्नु भयो ।

भाई तपाई को घर कोहलपुर गोलपार्क नजिकै को छिमेकि पर्ने भाई हुनु हुन्छ हिजो रस अल खैमह मा गोबिन्द प्रसाद शर्मा नामको मान्छे को शव हस्पिटल मा राखेको छ के कसरि घटना घटेको हो

बुझ्नु पर्यो भाई भनेर खबर गर्नु भएको थियो । मेरो घर कोहलपुर न्यूरोड सेन्ट्र प्लाजा होट्ल को नजिकै एनटिभी जाने रोड मै मेरो ४ तला को घर छ म मणि रिमाल जीले काम गर्ने इन्स्योरेन्स कम्पनी को अर्को लाईफ इन्स्योरेन्स कम्पनीको प्रदेश प्रमुख नेपालगन्ज मा कार्यरत छु सर मेरो मृत्यु हुने गोबिन्द प्रसाद शर्मा मेरो साला पर्ने हुन हजुर ले के कसरी हुन्छ बुझेर खबर गरि सहयोग गर्दिनु पर्यो भनेर मेसेज गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता