Logo

प्रधानमन्त्री बन्न कस्सिए देउवा, उठाए यस्तो कदम



काठमाडौ । नयाँ सत्ता समिकरणका लागि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा अब सकृय हुन थालेका छन् । उनले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्ने र नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए । त्यस पछि उनले माओवादी केन्द्र र जसपा समेतलाई घरमै बोलाएर छलफल गरेका छन् । त्यसपछि अब थप योजना बनाउन सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

नयाँ योजना बनाउन आइतवार दिउसो २ वजे सानेपा स्थित पार्टी कार्यालयमा पदाधिकारी बैठक बोलाएको कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले बताएका छन् । दिउँसो २ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक राख्न लागिएको हो, उनले भने । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सत्ता समीकरण र पार्टीको आन्तरिक विषयमा छलफल हुने उनको भनाई छ । जसपाले नयाँ सरकार बनाउनेवारे आफ्नो पार्टीमा छलफल गरेर दुई दिनमै निर्णय दिने बताएको थियो । माओवादी केन्द्र भने नयाँ सरकार बनाउनुपर्ने अभियानमै लागेको छ । नेकपा माओवादीले देउवालाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेको छ ।

सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि पदाधिकारी बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा नयाँ सरकार गठन गर्न माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० सँग भइरहेका छलफलबारे जानकारी गराइने शर्माले बताए। शुक्रबार देउवाले नयाँ सत्ता समीकरणका विषयमा माओवादी केन्द्र र जसपासँग आफ्नै निवास (बूढानीलकण्ठ) मा छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता