Logo

पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ



काठमाडौ । पार्टी परिवर्तन गरेका कारण संसद हुँदै मन्त्री पद समेत गुमाउन पुगेका ४ जना नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी ठूलो उपहार दिने भएका छन् । उनीहरुलाई फेरी मन्त्री बनाइने भएको छ ।

पार्टी छोडेर एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसद पद नरहने गरी कारवाही गरेका नेताहरुको मन्त्री पद पनि गुमेको थियो । तर प्रधानमन्त्री ओलीले उनीहरुलाई फेरी मन्त्री बनाउने भएका छन् । उनीहरुले आज शुक्रवार नै सपद लिने बताइएको छ । त्यसै अनुसार तयारी गरिएको थियो ।

माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी फेरी मन्त्री बन्ने भएका छन् । उनीहरुलाई माओवादी केन्द्रलेल सांसद पद पनि नरहने गरी कारवाही गरिएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ । सोही अनुसार उनीहरुको सांसद र मन्त्री पद गुमेको थियो ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता