Logo

कोरोनाको ख’तरा बढेपछि पुनः स्कुल र कलेजहरु बन्द गर्दै सरकार, थाल्यो यस्तो तयारी



काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जो’खिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् ।

चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भ’र्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए ।

प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा विहिबार बेलुका बोल्दै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भ’र्चुअल माध्यममा लैजानुको अर्को उपाय नभएको बताए ।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको ह’टस्प’ट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताए । कोभिडको बेलायती भेरिएन्ट काठमाडौं र पोखराजस्ता ठूला सहरमा फैलिएको र यसलाई रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा क’डाइ गर्नु जरुरी रहेको समेत उनले बताए ।

पछिल्लो समय युवा उमेर समूहमा नयाँ प्रजातिको कोरोनाको असर देखिएको र शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्र’भावित भएको मन्त्री त्रिपाठीले बताए । राजनीतिक दलले गर्ने सभा, जुलुसलाई रोक्नको लागि उनले शीर्ष नेताहरुलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता