Logo

स्थानीय वायुको तथा पश्चिमी वायुको प्रभाव : अपरान्हतिर वर्षाको सम्भावना



हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ। देशको पहाडी भू(भागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।

बिहीबार देशका पहाडी भू(भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू(भागमा मौसम आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू(भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू(भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।

शुक्रबार देशका पहाडी भू(भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू(भागमा मौसम सफा रहने छ। प्रदेश १ का पहाडी भू(भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू(भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता