Logo

प्रचण्डले बादललाइ कारवाही नगर्नु रहस्यपूर्ण ! ओली समुहले नै गर्यो बादलमाथि संका



नेकपा माओवादी केन्द्रले एमाले प्रवेश गरेका उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, उर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको पद खारेजीका निम्ति संसदमा लेखिपठाएको छ । उनीहरुलाई पार्टी सदस्य र सांसद पद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको हो ।

माओवादी केन्द्रबाट सांसद बनेका रायमाझी, चौधरी, भट्ट, साह र रामबहादुर थापा बादल माओवादी छोडेर एमालेसँग जोडिएका भए पनि पाँच सांसदमध्ये बादलबाहेक चार जनालाई मात्र पदमूक्त गर्न पत्राचार हुनुलाई रहस्यपूर्ण मानिएको छ ।

संसद् सचिवालयमा प्रचण्ड स्वयमले दस्तखत गरी बुझाएको पत्रमा चार जनाको पद खारेज गर्नुपर्ने भनी लेखिएको छ । प्रचण्डले बादलको पद खारेजीका निम्ति पत्र नलेख्दा सरकारले बादलमाथि नै शङ्का गर्नुपर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ ।

माओवादी केन्द्रका एक नेताका अनुसार उनलाई पनि कारबाही गरिने नेताहरुले बताए । राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले भने बादलले सार्वजनिक रुपमा माओवादी केन्द्र त्याग गरेको भनी घोषणा नगरेका कारण उनले दल त्याग गरेको भन्ने सूचना संसद सचिवालयमा नगएको बताए ।

उनका अनुसार राष्ट्रिय सभामा अर्का सदस्य चन्द्रबहादुर खड्काले पनि माओवादी केन्द्र त्याग गर्ने भनेका छन् । उनले भने, ‘के हो सोधेर उहाँको विषयमा सूचना दिनुपर्ने छ । बादल कमरेडलाई पनि सोधेर केही दिनमा सूचना जान सक्छ ।’

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गरेपछि पुनर्जीवित भएको माओवादी केन्द्रले १ चैतमा पाँचै जना मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । र, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा केन्द्रीय सदस्यमा गरेको मनोनयनलाई लिएर स्पष्टीकरण सोधेको थियो

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता