Logo

अनसनको २३ औं दिन डा केसीलाई भेट्न शिक्षा मन्त्रालयको टोली पुग्यो टिचिङ अस्पताल



काठमाडौं– चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डाक्टर गोविन्द्र केसीलाई भेट्न शिक्षा मन्त्रालयका सचिव सहित ३ जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको छ ।

२३ दिनअघिदेखि अनसनरत डा केसीलाई भेट्न गोपीनाथ मैनालीसहितको टोली त्रिवि शिक्षण अस्पतालमा पुगेको हो ।

अनसनरत डा केसीलाई भेटेर शिक्षा मन्त्रालयको टोलीले डा केसीलाई अनसन तोड्न आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयबाट डा केसीलाई भेट्न गएको टोलीले डा केसीका माग सम्बोधनका लागि सरकारी वार्ता टोली भने गठन नभएको बताएका छन् ।

डा केसी भने आफ्ना मागप्रति सरकार गम्भिर भएर सरकारी वार्ता टोली गठन गरी माग सम्बोधन नभएसम्म अनसन नतोड्ने अडानमा छन् ।

भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । अनसनको २३ औं दिनसम्म आइपुग्दा डा केसीको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको डा केसीको निगरानीमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

डा केसीलाई अहिले अक्सिजन सपोर्टमा राखिएको छ ।

डा केसीको माग सम्बोधन गर्न दवाब दिँदै देशभरका रेसिडेन्ट चिकित्सक तथा अन्य नागरिकहरुले पनि सरकारलाई दबाब दिन विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता