Logo

काठमाडौका शहरमा लाग्यो यस्तो नियम , यसरी निस्किए नियमको पालना नगरे ठाउँका(ठाउँ यस्तो कारवाही,



काठमाडौं । अब काठमाडौका शहरमा माक्स नलगाई बाहिर निस्किए ठाउँका ठाउँ जरिवाना हुने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार प्रहरी काठमाडौको सडकमा सकृय भएका छन् । पहिलो चरणमा प्रहरीले सचेतना कार्यक्रम संचालन गरेको छ । माक्स नलाई वाहिर निस्कनेलाई सचेतना गराउने र माक्सको प्रयोग गर्न लगाउने गर्न थालेको छ । प्रहरीले काठमाडौंका मुख्य चोकहरुमा कोरोनाभाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।

सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको थियो । यो क्रमलाई निरन्तरता दिने प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् ।

गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो । पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौं ।’

पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएका छन् । ‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौं ।’ संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

भारतमा कोरोनाको चाप उच्च भएपछि नेपालमा पनि सतर्कता बढाउन थालिएको छ । नेपालकै सिमानामा कोरोना संक्रमित फेला पर्न थालेका छन् । नयाँ भेरियन्टको कोरोना पहिलाको भन्दा शक्तिशाली र खतरनाक भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता