Logo

स्वास्थ्यमन्त्रीले संसद्‍मा भने,जेठअसारमा कोरोना उच्च बिन्दुमा पुग्न सक्छ



काठमाडौँ । कोरोना (कोभिड(१९)का संक्रमित पछिल्लो समय बढ्दै गइरहेको भन्दै सरकारले स्वास्थ्य मापदण्डको प्रभावकारी रूपमा पालना गर्न नसकेमा २०७८ जेठ र असारमा फेरि कोरोना संक्रमण बढ्ने आकलन गरेको छ ।

प्रतिनिधिसभा बैठकलाई कोरोना संक्रमणको अवस्थाबारे जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी । तस्बिरः अंगद ढकालरकान्तिपुर

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधिसभाको सोमबारको बैठकमा भारतमा पछिल्लो समय बढिरहेको कोरोनाको लाई हेर्दा नेपालमा पनि आउने जेठ र असारमा कोरोना बाट संक्रमित हुनेको संख्या बढ्ने आकलन गरिएको बताए ।

ुकोरोना संक्रमितको संख्या माघको पहिलो सातादेखि निकै कम भइरहेकोमा पछिल्लो समय निकै बढ्दै गइरहेको छ । अबका दिनमा जनस्वास्थयका मापदण्ड पालना प्रभावकारी बनाउन सकिएन भने जेठ ( असारमा अर्को उच्च बिन्दुमा पुग्ने देखिन्छ,ु मन्त्री त्रिपाठीले भने ।

भारतमा बढिरहेका कोरोना संक्रमितको संख्याले सरकारलाई सचेत बनाएको मन्त्री त्रिपाठीको भनाइ थियो । अब बढ्ने कोरोना संक्रमण नियन्त्रणका लागि कोरोना संक्रमितको पहिचान, आइसोलेसनको व्यवस्था, अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने बताए । यसरी सावधानी अपनाए कोरोना संक्रमणलाई नियन्त्रणमा राख्न सकिने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता