Logo

प्रदेश नम्बर ५ को नाम ‘लुम्बिनी’



काठमाण्डु – प्रदेश नम्बर ५ को नाम लुम्बिनी कायम भएको छ । मंगलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश ५ को नामकरणसम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो ।

उक्त प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको थियो । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोनामले शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयङ्गम गर्दै साझा चिनारीको रूपमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता