Logo

नागढुङ्गामा एक बसभित्र भेटिए पैसाका बिटा, गन्दा ४३ लाख



काठमाडौ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा एक बसभित्र पैसाका बिटा भेटिएका छन् । त्यो पैसा सामान राख्ने कार्टूनमा राखिएको थियो । उक्त रकम गन्दा ४३ लाख नगद थियो । तर, यो रकमको श्रोत भने खुलेन ।

त्यसपछि शनिबार साँझ प्रहरीले एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् । तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेको थियो ।

पैसाले भरिएको कार्टुन बसको यात्रु हिँड्ने प्यासेजमा थियो । प्रहरीले उक्त कार्टून खोल्न लगाउँदा त्यसमा नगद र तिलहरी भेटिएको थियो । कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । अर्को घटनामा चिनियाँ नागरिकलाई लु ट पा ट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लु ट पा ट गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता