Logo

फेरि संसद विघटन गर्दै प्रधानमन्त्री ओली !



काठमाडौ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजिनामा दिने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी संसद विघटनको संकेत गरेका छन् । संसदलाई विजनेश नदिएरै अन्त्य गर्ने रणनीति लिइरहेका प्रधानमन्त्री ओलीले संसद आफ्नो विपक्षमा देखिए फेरी विघटन गर्ने संकेत गरेका हुन् । नेपाली कांग्रेसले समेत राजिनामा मागेर अब सरकार ढल्ने संकेत देखेका प्रधानमन्त्री ओलीले यस्तो संकेत गरेका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका हुन् । उनले फेरी पुष ५ को अवस्था आउन सक्ने संकेत गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताए ।

संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ । प्रधानमन्त्री ओलीले भने, ‘त्यसलाई (संसदलाई) भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता