Logo

नयाँ सरकार गठनको लागि कांग्रेस र माओवादी केन्द्र बीच यस्तो सहमति



काठमाडौं । प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरे लगत्तै नयाँ गठबन्धनका लागि दलहरूबीच संवाद पनि सुरु भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट नयाँ सरकार गठनको अग्रसरता लिने निर्णय लिएको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र जसपा नेताहरूसँग संवाद थालेका हुन् ।

दाहालले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंहलगायत नेतासँग टेलिफोन संवाद गरेका छन् । नयाँ सरकार गठनबारे ठोस र औपचारिक छलफलका लागि दाहालले कांग्रेस नेताहरूसँग प्रस्ताव गरेको उनको सचिवालय स्रोतले बताएको छ । काठमाडौँ बाहिर रहेका दाहाल कांग्रेस नेताहरूसँग संवादका लागि भन्दै हतार हतार काठमाडौं आएका थिए ।

नेता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्नेछ । ‘कांग्रेसको निर्णय सकारात्मक छ, अब हामी जसपासँग पनि छिटो त्यस प्रकार कै निर्णय लिन अनुरोध गर्छौं,’ उनले भने , ‘त्यसपछि सम्बन्धित सबै पार्टी बसे र फाइनल प्रक्रिया अगाडि बढाउँछौ ।’ माओवादीले अविश्वास प्रस्ताव दर्ता गर्ने र सरकार लाई दिएको समर्थन फिर्ता लिने काम सँगसँगै गर्दा नयाँ सरकार गठनको काम चाँडो र परिपक्व हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता