Logo

गुण्डानाईके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता



गुण्डानाईके बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले करिब २० करोड बराबरको सम्पत्ति शुद्धिकरणको मुद्दा दाय भएको छ । सोमबार सापकोटा दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सापकोटा दम्पत्तिसँग विभागले बिगो, र बिगो बराबरकै जरिवाना असुल्न माग दाबी गरेको छ ।

विभाग स्रोतले जनाएको अनुसार त्यसैगरी पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको भेटिएको छ । सापकोटाविरुद्ध यसअघि नै जुवा, अपहरण र कुटपिटको मुद्दा चलेको थियो । उनी क्यासिनोमा जुवा खेल्नेलाई ऋण दिने काममा पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता