Logo

माओवादी केन्द्रले ओली सरकारलाई नै समर्थन गर्ने, स्थायी समिती बैठकले गरेको निर्णय यस्तो छ



 

काठमाडौ । नेकपा माओवादी केन्द्रले अझै केही दिन ओलीकै सरकारलाई समर्थन कायम राख्ने भएको छ । सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने निर्णय माओवादीले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै आएको माओवादी केन्द्रले अझै केही दिन सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको हो । प्रचण्डको दोहोरो चरित्र भन्दै आलोचना भइरहेकै बेला पार्टीले नै यस्तो निर्णय गरेको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अनौपचारीक रुपमा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले यस्तो निर्णय गरे पछि ओलीलाई नै माओवादी केन्द्रले समर्थन गर्ने देखिएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही दिनभित्रै स्थायी समितिको बैठक बसेर यसबारे निर्णय लिने बताए। परिस्थिती अझ स्पष्ट नभएका कारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निष्कर्षमा पुगेको उनको भनाई छ ।

‘अहिले पनि परिस्थिति अझै स्पष्ट भइसकेको छैन, विभिन्न राजनीतिक पार्टीहरुसँग भएको वार्ताका क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडि कसरी बढ्ने निर्क्यौल गर्न केही समय माग गर्नुभएको छ’, श्रेष्ठले भने, ‘सबै परिस्थिति हेर्दा हामीले स्थायी समितिको बैठक एकदुई दिनभित्रमा बसेर अहिलेको राजनीतिक घटनाक्रमलाई कता लैजाने, कोर्स कसरी लैजाने भन्ने बारेमा हाम्रो भूमिकाका बारेमा आवश्यक निर्णय लिन्छौँ।’ तर माओवादी केन्द्रको ओली सरकारलाई नैतिक रुपमा भने कुनै समर्थन नरहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता