Logo

लुकाउन खोज्दा खोज्दै कोमल ओली र पर्वत गुरुङको स्टेजमै भएको यो भिडियो बाहिरियो,(भिडियो सहित)



काठमाडौं । सार्वजनिक कार्यक्रममा बोलाइएका प्रमुख अतिथि नै निदाएपछि के होलारु यस्तै एक घटना भएको छ । रिपोर्टस् नेपालको २३ औं बार्षिक उत्सव चलिरहको थियो । त्यहाँ धेरै दलका नेताहरु बोलाइएका थिए ।

प्रधानमन्त्री देखि अन्य दलका नेताहरु समेत उपस्थित थिए । सांसद कोमल वली मञ्चमा आसिन थिइन् । उनको छेउमै थिए सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुंग ।

एकैछिनमा मन्त्री घुर्न थाले । सयौं क्यामेरा मन्त्री तिरै सोझिए । कोमल वली मोवाइल चलाएर बसिरहेकी थिइन् । उनको नजर जब मन्त्री तिर पर्यो उनले मन्त्रीलाई उठाउन थालिन् ।

जब मन्त्रीलाई तिरचार पटक छुँदा पनि मन्त्री उठेनन् । कोमल वलीले हातमै तानिन् । यति भएपछि भस्किँदै मन्त्री उठे । दायाँबाया हेरे । यतिखेर पत्रकार र अन्य आगन्तुकको नजर मन्त्रीमा परिसकेको थियो ।

उनलाई सबैले हेरिरहेका थिए । तर यो घटनाले मन्त्रीलाई भने केही फरक परेन उनले थाहा नपाएको झैं गरे । तर कोमल वलीलाई भने पछिसम्म अफ्ठ्यारो भएजस्तो देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता