Logo

ओली र नेपाल मिलेर गर्दैछन् यस्तो गम्भिर निर्णय



काठमाडौं । नेकपा एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एकै ठाउँमा बस्न नसक्ने भएपछि अब गम्भिर निर्णय गर्ने अवस्थामा पुगेका छन् ।

ओलीले नेपाल एमालेमै रहे पार्टी भित्र हलचल भैरहने निष्कर्षमा पुगेका छन् भने नेपालले पनि ओलीसंग संधै हेपिएर बस्न नसक्ने निष्कर्षमा पुगेका हुन् । त्यसैले पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले नेकपा एमालेभित्र सुनामी ल्याउने निश्चितप्रायः भएको छ ।

ओलीसंग मिलेर एमालेमै बस्न सक्ने अवस्था नभएपछि उनले कठोर कदम चाल्ने तयारी समेत गरेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बनको निर्णय गरेपछि नेपाल आ क्रा म क बनेका हुन् । मंगलवार बसेको नेपाल पक्षको बैठकले सबै तहमा समानान्तर कमिटि गठन गर्ने निर्णय गरेको छ ।

केही समानान्तर कमिटी गठन पनि भइसकेका छन् । उनले छुट्टै घर भाडामा लिएर नयाँ कार्यालय समेत खोल्न लागेका छन् । त्यही घरबाट समानान्तर कमिटी चलाइने तयारी भएको छ ।

एमाले विभाजित हुने निश्चितप्रायः भएको छ । तर विभाजनको औपचारीक घोषणा भने नहुने देखिएको छ । नेपालले पार्टी पनि नछोड्ने तर ओलीसंग मिलेर पनि बस्न नसक्ने निष्कर्ष निकालेका हुन् । जसका कारण ओलीलाई अप्ठेरो पार्दै नेपाल एमालेमै रहने देखिएको हो ।

यसअघि माधव नेपाल र भीम रावलमाथि १६ चैत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारबाहीको निर्णय गराएका थिए । त्यसलाई नेपाल समूहले अमान्य घोषणा गरेको थियो । योसँगै एमालेभित्र टकराव बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता