Logo

श्रृष्टिको घरभेटी यति महान रहेछन्, लाखौं घरभाडा मिनाहा गरिदिए : घरभेटी आमा भन्छिन्, ‘अलपत्र पारेर जाने श्रीमान आएभने घरमा बस्न दिन्न’ (भिडियो हेर्नुस्)



काठमाडौ । चियावालीका नाममा अहिले सामाजिक सञ्जालमा चर्चित रहकी श्रृष्टि तामागंको घरभेटी निकै सहयोगी रहेछन् । श्रीमानले अलपत्र पारेपछि दुई वर्षकी छोरी काखमा बोकेर उनी रातभरी काममा खटिन्थिन् । दुई वर्षकी छोरी पिठ्युमा बोकेर राती ३ वजे उठेर काममा लागेको भिडियो सार्वजनिक भएपछि उनी चर्चित भएकी हुन् । उका श्रीमानको बारेमा भने अर्को ठूलो रहस्य खुलेको छ । उनले इराक पठाइदिन्छु भन्दै गाउँका धेरैलाई समस्यामा पारेका कारण अहिले सम्पर्क विहिन भएको थाहा भएको हो ।

श्रीमानले अलपत्र पारेर हिडेपछि भाडामा बस्दै आएकी श्रृष्टिले घरभाडा वापत एक लाख १६ हजार रुपैया तिर्न पर्ने थियो । श्रीमान हिडेपछि घरभेटीले श्रृष्टिलाई आफ्नो परिवारको सदस्य जस्तै राखेका थिए ।
पहिला दुई कोठा दिने गरेकोमा श्रीमान गएपछि उनीहरुले एउटा कोठा श्रृष्टिका लागि छोडिदिएका थिए । परिवार जस्तो गरेर राखेका थियौं, श्रृष्टिको घरभेटीले भने, उनको दुख देखेर हामीले भाडा माग्न पनि सकेनौं । उनको इमान्दारीता देखेर घरवाट निकाल्न पनि सकेनौं ।

उनीहरुले श्रीमान श्रीमतीबीच के समस्या हो भन्ने थाहा नपाएको घरभेटीको भनाई छ । गएको पुष महिना देखि नै उनीहरुको सम्बन्धमा समस्या देखेको उनीहरुको भनाई छ ।
तर पछि श्रीमान कोठामै आउन छोडे पछि श्रृष्टि वहिनीको घरमा केही दिन गएर बसेको र पछि आफ्नै घरमा फर्केर आएको घरभेटी महिलाको भनाई छ । उनले विस्तारै सकेको तिर्छु भनेपछि श्रृष्टिलाई घरवाट निकाल्न नसकेको उनको भनाई छ ।

तर अहिले श्रृष्टिलाई लिनुपर्ने भाडा सबै मिनाहा गरिदिएको उनीहरुको भनाई छ । श्रृष्टिको घरभेटी हो भन्दा पनि हामीलाई अहिलो गौरव लागेको छ घरभेटीले भने, आफ्नै श्रीमानले त नहेरेको अवस्थामा उनको इमान्दारीता देखेर हामीलाई पनि माया पलायो । श्रृष्टिले विहानै उठेर काम गरेको देखेपछि मेहनत गर्दा पनि तिर्न नसकेको हो भन्ने लागेर केही नभएको उनीहरुको भनाई छ ।

श्रृष्टिका श्रीमानले इराक लगिदिन्छु भन्दै गाउँका साझालाई ठ ग्ने गरेको खुलेको छ । उनले गाउँका युवा युवतीलाई प्रलोभनमा पारेर विदेश पठाइदिछु भन्दै पैसा उठाएको प्रमाण फेला परेको हो ।

श्रृष्टिवारे भिडियो सार्वजनिक भएपछि उनका श्रीमानका बारेमा खोजी सुरु भएपछि बुद्धिले समस्यामा पारेकाहरु पनि मिडियामा आएका हुन् । उनीहरुले श्रृष्टिको श्रीमानले पैसा लिएर विदेश पठाइदिन्छु भन्दै ठगेको भन्दै कागज देखाउँदै सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता