Logo

समयमै डाक्टर नआउँदा इमरजेन्सीमा भर्ना गरिएकी बिरामीको मृत्यु, अस्पतालमा त ना व



काठमाडौ । अस्पतालमै ल्याएको विरामीको पनि उपचार नपाएर मृत्यु भएको भन्दै बुटवलको तिनाउ अस्पतालमा त ना व उत्पन्न भएको छ । समयमै विरामीलाई अस्पतालमा ल्याउँदा पनि डाक्टर नपाएकै कारण विरामीको निधन भएको आफन्तको भनाई छ । अस्पतालमै रहेको विरामीले पनि डाक्टर नपाउँदा ज्यान गए पछि अस्पतालमा आफन्तले विरोध गरेका छन् ।

बुटवलस्थित तिनाउ इन्टरनेसनल अस्पतालमा भर्ना भएकी बिरामीको समयमै डाक्टर नपाउँदा मृत्यु भएको हो । गत सोमबारदेखि अस्पतालमा भर्ना भएकी सैनामैना साालझण्डीकी ४४ वर्षीया पार्वती घिमिरेलाई डाक्टरले उपचार नगरेकै कारण मृत्यु भएको आफन्तको आरोप छ । अक्सिजनको कमी भएर अस्पताल ल्याइएकी उनलाई श्वासप्रश्वास लिन असहज भएपछि डाक्डर बोलाएका थिए । तर समयमा डाक्टर नपुगेका कारण पार्वती बाँच्न सकिनन् ।

सुरुमा प्रादेशिक अस्पतालमा भर्ना गर्न टिकट लिइसकेको भएपनि अक्सिजनसहितको बेड खाली नभएर तिनाउ अस्पताल लगिएको आफन्तले जनाएका छन् । बिरामीलाई अचानक समस्या भएर राती ११ वजेतिर डाक्टर बोलाइएको थियो । तर तत्काल डाक्टर आएनन् । करिब पौने १२ वजे तिर डाक्टर आउँदा पार्वतीको निधन भइसकेको थियो । बिरामीलाई पटकपटक आइसियुमा लैजान आफन्तले आग्रह गरे पनि वेवास्ता गरिएको आफन्तको भनाई छ । डाक्टर आएपछि मात्र करिब ३ वजेतिर उनलाई आइसियु लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता