Logo

जेठ १ देखि सवारी लाइसेन्समा नयाँ नियम



काठमाडौ । सवारी साधन अनुमति पत्र लाइसेन्समा नयाँ नियम लागू हुने भएको छ । यो नियम दुईपांग्रे सवारी चालक अनुमतिपत्रको लागि हो । आगामी जेठ १ गतेवाट दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन चाहनेले ७० अंक ल्याए पुग्ने भएको छ । यस अघि सय प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक सहमति दिएसँगै यातायात व्यवस्था विभागले जेठ १ गतेबाट लागू गर्ने भएको हो।

मन्त्रालयले सहमति दिएको कार्यविधिमा विभागले कार्यान्वयन मिति तोकेसँगै अब प्रयोगात्मक परीक्षा ९ट्रायल०मा कम्तीमा ७० अंक ल्याए पास हुने भएको छ। अहिले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् पास हुन १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था छ।

यो अर्को समाचार, सरकार र थारुहट सङ्घर्ष समितिबीच वार्ता शुरु, बिहीबार पुनः बस्ने
गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटरथारुवान संयुक्त सङ्घर्ष समितिबीच आजदेखि वार्ता शुरु भएको छ ।

गृह मन्त्रालयमा आज भएको पहिलो चरणको वार्तामा दुवै वार्ता टोलीबीच आआफ्नो धारणा राख्ने काम भएको गृहमन्त्रीका प्रेम संयोजक किरण भट्टराईले जानकारी दिए । उनका अनुसार आजको वार्ता बिहीबार पुनः बस्ने गरी सकारात्मक रुपमा टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता