Logo

सुतिरहेको अवस्थामा महिला बलात्कृत



काठमाडौं, २० असोज । सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् । यो घटना ओखलढुङ्गाको हो ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मानेभन्ज्याङ उँवुका मेडल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले ती महिलालाई सुतिरहेको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता