एमाले पार्टीले निलम्बन गरे पछि यसरी रोए माधवकुमार नेपाल !

काठमाडौ । नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीवाट निलम्बन गरेको छ । पार्टीको विधानविपरीत चलेको भन्दै नेता नेपाल र रावललाई कारबाही गरेको हो। पार्टीको चैत्र ७ गतेको केन्द्रीय कमिटीको बैठकले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको छ।
नेता नेपाल र रावललाई पार्टीबाट निलम्बन गरिएको पत्र समेत पठाइसकेको जनाइएको छ। नेपाललाई पठाइएको पाँच बुँदे पत्रमा उल्लेखित मिति भने फागुन १६ को राखिएको छ। यद्यपि चैत १२ को स्पष्टीकरणको प्रसंग उल्लेख छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण सोधेर विधि, पद्धती र प्रक्रिया पूरा गरेर नै वरिष्ठ नेता माधव कुमार नेपाल र डा। भीम बहादुर रावललाई साधारण सदस्यबाट ६ महिनाको लागि निलम्बन गरिएको स्पष्ट पारेका छन् ।