चीन गइरहेको विमानमा अमेरिकी सेनाले मि सा इल हा न्दा २३९ जना यात्रुको ज्या न ग ए को दाबी
काठमाडौं। २३९ यात्रुसहित चीन गइरहेको विमानमा अमेरिकी सेनाले मि सा इल हा ने को दाबी गरिएको छ । यो समाचार द सनमा प्रकाशित छ । समाचारका अनुसार मलेसियन एयरलाइन्सको विमान एमएच ३७० ले बोकेर चीन लैजाँदै गरेका विद्युतीय उपकरणहरु जफत गर्ने प्रयास स्वरुप घटना भएको हो ।
सो प्रयास असफल भएपछि अमेरिकी वायु सेनाले यात्रु सवार विमानमा मिसाइल आ क्र म ण गरेको उल्लेख छ । जसका कारण २३९ यात्रु सवार विमान हिन्द महासागरमा दुर्घटना भएको पनि जनाइएको छ ।
खोज पत्रकार फ्लोरेन्ट डे चाङ्गेले आफ्नो नयाँ पुस्तकमा अमेरिकी सेनाले सिग्नल जाम गर्ने प्रविधिको प्रयोग गरेर यो विमानमार्फत गइरहेको कन्साइनमेन्ट नियन्त्रणमा लिने प्रयास गर्दा दु र्घटना भएको दावी गरेकी छिन् ।
द सनमा प्रकाशित रिपोर्टअनुसार चाङ्गेले आफ्नो नयाँ पुस्तक ‘द डिस्एपियरिङ एक्टः द इम्पोसिबल केस अफ एमएच ३७०’ मा आफूले इतिहासकै सबैभन्दा ठूलो उड्डयन रहस्यमाथि ७ वर्षसम्म गरेको अनुसन्धानपछि आफूले स्थापित गरेका थ्योरीहरु विस्तृत रुपमा लेखेकी छिन् । डि चाङगेले यो घटनालाई बिडम्बनापूर्ण भन्दै आधिकारिक घटनाहरु छलमा आधारित भएको भनेकी छिन् ।
यो बोइङ ७७७ विमान पूर्वनिर्धारित रुपमा क्वालालम्पुरबाट बेइजिङको लागि उडेपछि एक घण्टाभित्रै नाटकीय परिवर्तन भएर विमान हिन्द महासागरमा दुर्घटना भएको देखिन्छ ।