Logo

वायु प्रदूषणका कारण देशभरका विद्यालयहरु मंगलबारदेखि चार दिन बन्द गर्ने सरकारको निर्णय विज्ञत्ति सहित



काठमाडौ । शिक्षा तथा खेलकुद मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेको भन्दै शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस सल्लाहकार ईश्वरराज ढकालले मन्त्रालयले उक्त निर्णयबारे प्रेस विज्ञप्ति जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए। वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकामा तीनरचार दिनयता मौसम प्रतिकूल बनिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वायू प्रद्रषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

चीनले अनुदानमा दिएको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले सो जानकारी दिएका हुन् । ‘अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ । त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा निर्णय गरेका हौं । अब छिटै यस विषयमा जानकारी सार्वजनिक गर्छौ’ प्रधानमन्त्री ओलीले भने ।

जल तथा मौसम विज्ञान विभागले सोमबार पनि काठमाडौंको वातावरणीय अवस्थामा सुधार नआउने जनाएको छ । ‘देशव्यापीरुपमा आगो फैलिएको छ । मौसममा आजै सुधार आउने सम्भावना छैन’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘भोलिबाट हावाको गति बढ्न सक्छ । सुधार हुने आशा राखेका छौं ।’

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता