Logo

ओली थप बलिया, प्रचण्डले समर्थन फिर्ता लिएपनि यसरी प्रधानमन्त्रीवाट हट्दैनन् ओली



काठमाडौ । सर्वोच्च अदालते नेकपा भंग गर्नुभन्दा अघि सम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै सडकमा थिए । उनलाई नेकपा एमालेका माधव नेपाल समुहले पनि साथ दिएको थियो । तर सर्वोच्चले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय असंवैधानि भन्दै संसद ब्युझाइदिएपछि पनि प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् ।

आखिर प्रचण्डलाई के ले रोक्यो निर्णय लिन रु ओलीलाई प्रधानमन्त्री बनिरहन उनले नै साथ किन दिइरहेका छन् रु एमाले र माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि विभाजित भए पनि अहिले यी दुई पार्टीको संयुक्त सरकार छ। प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण अप्रत्यक्ष रुपमा उनले ओलीलाई सघाइरहेका छन् ।

माओवादीले समर्थन फिर्ता नलिएकै कारण कांग्रेसले पनि सरकारको नेतृत्व गर्दै नयाँ सत्ता समिकरण बनाउने काममा चासो देखाएको छैन । ओली र कांग्रेस सभापति शेरवहादुर देउवाबीच गोप्य सहमति भएको आशंका पनि गरिएको छ । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने चैत १० गते बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकले गरिसकेको छ तर पनि निर्णय कार्यान्वयन भएको छैन ।

माओवादीसहित ओली सरकारलाई अहिले १ सय ७३ सांसदको समर्थन छ। सरकारमा रहन ओलीलाई १ सय ३८ सांसद चाहिन्छ। अहिले संसदमा रहेका नेपाली कांग्रेसका २ र जसपाका २ सांसद निलम्बनमा परेका छन्। नेकपा एमालेका १ सांसदको निधन भएको छ। माओवादीले समर्थन फिर्ता लिए ओली सरकारले विश्वासको मत लिन राष्ट्रपतिबाट समय पाउँछन्।

सामान्यतः सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ७ देखि १५ दिनभित्रमा विश्वासको मत लिनुपर्छ। यदि त्यो समयमा विश्वासको मत लिन प्रधानमन्त्रीले सकेनन् भने पदबाट मुक्त भएर कार्यबाहक प्रधानमन्त्रीमा परिवर्तन हुन्छन्, त्यसपछि अर्को प्रधानमन्त्रीको खोजी हुन्छ।’

नेकपा टुक्रिसकेकाले अब बन्ने सरकार संविधानको धारा ७६ ९२० अनुसारको हुने कानुनविदहरुको भनाई छ । ‘७६ ९२० को प्रधानमन्त्री बन्न सकेन भने ७६ ९३० को प्रधानमन्त्री हुन्छ। जुन संसदमा सबैभन्दा ठूलो दलको तर्फबाट बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता