Logo

६ जना नेपालीमा कोरोना देखिएपछि हङकङले लगायो नेपाल एयरलाइन्समाथि प्रतिबन्ध



काठमाडौं । हङकङले नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सलाई दुई सातासम्म त्यहाँ उडान भर्न प्रतिबन्ध लगाएको छ ।

नेपाल एयरलाइन्समार्फत् हङकङ गएका मध्ये ६ जनामा सोमबार कोरोना संक्रमण देखिएपछि हङकङले दुई हप्ताको प्रतिबन्ध लगाएको द साउथ चाइना पोष्टको समाचारमा उल्लेख गरिएको छ ।

नेपाल एयरलाइन्सको उडानलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाइएको छ ।

हङकङमा सोमबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो जसमध्ये चारजना स्थानीय र ६ जना नेपालबाट गएका सहित सातजना विदेशी थिए ।

नेपाल सरकारले नेपालबाट बाहिरिँदा र भित्रदाँ अनिवार्य रुपमा कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने व्यवस्था गरेको भएपनि हङकङ गएका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपाली विमानमा कोरोना संक्रमित भएको भन्दै हङकङले नेपाल एअरलाइन्स माथि कारबाही गरेको हो।

नेपालबाट हङकङ पुगेका संक्रमित चारजना महिला र दुईजना पुरुष रहेका छन्। उनीहरूको उमेर ३० देखि ७२ वर्ष रहेको जनाइएको छ ।
उनीहरू सबै अक्टोबर ३ का दिन नेपाल एयरलाइन्सको फ्लाइट ‘आरए४०९९’ मा हङकङ गएका थिए।

हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सन्स कम्युनिकेवल डिजिज् ब्रान्चका प्रमुख चुवाङ सुक–क्वानले नेपाल एयरलाइन्सले लापरबाही गरेका कारण ‘५९९ एच प्रिभेन्सन् एण्ड कन्ट्रोल अफ डिजिज् रेगुलेसन’ अन्तर्गत कारबाही गरिएको जनाएका समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता